१२ मंसिर २०८१, बुधबार

काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दियोः अध्यक्ष यादव

प्रकाशित मिति :  2 September, 2024 11:11 am


काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरूकाे हात रहेको आरोप लगाएका छन् ।

वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिष्टले लिनुपर्ने बताएका हुन्। उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरुकै कारण भएको बताए ।

उनले युवाहरू मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए ।उनले मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको दाबी गरे ।

“गरिबी र बेरोजगारी यति बढेको छ की आज आफ्नो मुलुकमा पढेलेखेका युवाहरूलाई रोजगारीको लागि कुनै स्थान छैन । साराका सारा युवाहरू मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन १० हजार युवाहरू बाहिर गइरहेका छन्, कामको खोजिमा । ८ देखि १० वटा शव बाहिरबाट आइरहेका छन् । केही समय पहिला मात्रै दुई तीन हजार मानिस मात्रै बाहिर थिए भने आज ७५ लाख मानिस कामको खोजिमा बाहिरिएका छन् । गाउँमा युवाहरु भेटिँदैनन्,” उनले भने ।

अध्यक्ष यादवले काँग्रेस र कम्युनिष्टका धेरै नेताहरू भ्रष्टाचारमा जोडिएको आरोप लगाए । उनले काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दिएको बताए । भ्रष्टाचार नै काँग्रेस र कम्युनिष्टहरुको राजनीतिक तन्त्र भएको बताए ।



प्रतिक्रिया दिनुहोस !