११ कार्तिक २०८१, आइतबार

दिनेश डिसीले सम्हाले चलचित्र विकास बोर्ड अध्यक्षको जिम्मेवारी

प्रकाशित मिति :  2 September, 2024 1:49 pm


काठमाडौँ । दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेका छ्न् । सञ्चारमन्त्रायलबाट सोमबार बिहान नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको चाबहिलस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

कार्यभार सम्हाल्दै अध्यक्ष डिसीले आफुले बोर्डमा नयाँ ढंगले काम गर्ने बताएका छन् । गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।

यसअघिका अध्यक्ष भुवन केसी बिदा भएपछि चलचित्र विकास बोर्डको डिसीले कार्यभार सम्हालेका थिए ।



प्रतिक्रिया दिनुहोस !