गण्डकी सरकारमा एमाले सहभागी, चार मन्त्रीले लिए शपथ
प्रकाशित मिति : 2 September, 2024 2:03 pm
काठमाडाैँ । गण्डकी सरकारमा एमाले प्रवेश गरेको छ । आज (सोमबार) ४ जना मन्त्री एमालेबाट नियुक्त भएका हुन्न ।
जसमा नलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले शपथ लिए । जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् ।