३१ भाद्र २०८१, सोमबार

भ्रष्टाचार गरेको भेटिए ५ मिनेटभित्रे गेटबाट निकाल्छुः अध्यक्ष दाहाल

प्रकाशित मिति :  2 September, 2024 3:48 pm


काठमाडाैँ ।चलचित्र विकास बोर्डका अध्यक्ष दिनेस दाहालले बार्डका कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिएका छन् ।

भ्रष्टाचार गरेको महशुस भएको खण्डमा आधा घण्टाभित्र पदबाट हटाउने र प्रमाणित भए ५ मिनेटभित्र गेटबाट बाहिर निकाल्ने बताएका हुन् । सोमवार चलचित्र विकास बोर्डको नेतृत्व सम्हालेपछि कुरा गर्दै उहाँले आफूले गरेको सो निर्णयमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले भने पनि नमान्ने बताए ।

उनले आफू काम गर्नका लागि चलचित्र विकास बोर्डमा आएकाले अन्तरवार्तामा समय खेर नफाल्ने र सय दिनपछि मात्रै अन्तरवार्ता दिने बताए ।

कार्यक्रममा कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल लगायतले सबैकुरा बुझेको व्यक्ति चलचित्र विकास बोर्डको नेतृत्वमा आएकाले चलचित्र क्षेत्रले परिवर्तनको महशुस गर्ने विश्वास व्यक्त गरेका थिए । कलाकार दीपकराज गिरीले चलचित्र क्षेत्रमा बुझाईको हिसावले सही व्यक्ति नेतृत्वमा आएको र सही स्थानमा आएको बताए ।

कलाकार केदार घिमिरेले सबै सीप र क्षमता भएको व्यक्ति नेतृत्वमा आउँदा चलचित्र क्षेत्रमा केही नयाँ परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । चलचित्र क्षेत्रमा केही परिवर्तन आउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !