१२ मंसिर २०८१, बुधबार

सञ्चारमन्त्रीलाई लक्षित गर्दै सांसद खतिवडाले भने: मन्त्रीहरू जिब्रोमा ब्रेक लगाएर बोल्नुस्

प्रकाशित मिति :  3 September, 2024 2:19 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सरकारका मन्त्रीहरूलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनअघि नेपाल प्रहरीको महानिरीक्षकको जिब्रो थुत्नुपर्दछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् । उनले सो अभिव्यक्तिको सम्बन्धमा संसदमा जवाफ दिन माग गरे । उनले मन्त्रीहरूलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरे ।

“गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा छ । यो के हो रु यो बारे कसले जवाफ दिनुपर्ने हो, यसको जवाफ हामी खोज्न चाहन्छौँ । मन्त्रीको पद पैसामा बिक्री गर्न शुरुवात गरेको हो कि होइन रु यस्ता अभिव्यक्ति किन आउँछन् योबारे सरकारले जानकारी देओस् । दोस्रो, म सत्तारुढ पक्षकै सांसद हुँ । तर सूचना तथा सञ्चारमन्त्रीले केही दिन पहिला नेपाल प्रहरीका आइजिपीका जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ,”उनले भने ।

सांसद खतिवडाले गण्डकी प्रदेशमा मन्त्रीको पद बिक्री गर्न लागिएको भन्ने चर्चा चलेको भन्दै सो अभिव्यक्तिको सन्दर्भमा पनि सरकारसँग जवाफ माग गरे ।



प्रतिक्रिया दिनुहोस !