माओवादीलाई काँग्रेस सांसद ढुंगानाको जवाफः यो परिवर्तन तपाईंको बन्दुकले आएको होइन
काठमाडाैँ नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले नेकपा (माओवादी) केन्द्रले उठाएको बन्दुकबाट गणतन्त्र नआएको बताएका छन् ।
मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले साँच्चै नै तपाईंले उठाएका बन्दुकहरुबाट यो परिवर्तन भएको हो र ? भन्दै माओवादी सांसलाई प्रश्न गरे । उनले बन्दुक फालेर शान्तिपूर्ण आन्दोलनमा आइसकेपछि मात्रै देशमा गणतन्त्र आएको बताए । उनले शान्तिपूर्ण आन्दोलनले नै देशमा गणतन्त्र आएको बताए ।
उनले काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोईरालाको सुझबुझपूर्ण कार्यले नै सबै राजनीतिक दलहरू एक भएपछि देशमा परिवर्तन आएको बताए ।
“जहाँसम्म अहिले एक जना मित्रले भन्नुभयो, संघर्ष गर्नुभयो तपाईंले । गर्नु भएन होला भन्नेकुरा भएन । तर तपाईंले गरेको यो संघर्षबाट नेपाली जनतालाई के भयो ? के पीडा भयो ? त्यो त थियो नि । अहिलेको परिस्थितिसम्म पु¥याउँदै गर्दा नेपाली काँग्रेसको जुन योगदान छ, नेपाली काँग्रेसले जुन किसिमबाट संघर्ष अघि बढाएर लग्यो । सात दल अनि जुन दलहरुको विचार मिल्दैन थियो, त्यो सम्पूर्ण दलहरुको विचारलाई एक ठाउँमा उभ्याएर राष्ट्र, लोकतन्त्रका लागि, प्रजातन्त्रका लागि एक ठाउँमा उभ्याएर तत्कालीन सभापति गिरिजाप्रसाद कोईराला अघि बढ्नुभयो । जसले गर्दा यो परिवर्तन भयो,” उनले भने। सांसद ढुंगानाले देशको परिवर्तनमा सदैव नेपाली काँग्रेसको नेतृत्व रहेको बताए ।