१२ मंसिर २०८१, बुधबार

मुना पाण्डेको हत्याका आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

प्रकाशित मिति :  4 September, 2024 8:29 am


काठमाडौँ । अमेरिकाको टेक्ससमा नेपाली युवती मुना पाण्डेलाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदालतले जमानत दिन अस्वीकार गरेको छ ।

अदालतले शाहविरुद्ध हत्याको यथेष्ट प्रमाण रहेको भन्दै जमानत दिन अस्वीकार गरेको हो । शाहलाई मंगलबार ह्युस्टन अदालतमा पेस गरिएको थियो ।

स्थानीय पत्रिका क्लिक२ह्युस्टनका अनुसार अदालतका कागजातहरूमा हत्याका अभियुक्त ५१ वर्षीय शाह र २१ पाण्डेबिचको सम्बन्धबारे नयाँ विवरण पत्ता लागेको छ । अदालतको अभिलेख अनुसार एक वर्षअघि मुनाले काम गर्ने चमेना गृहमा शाह पटक पटक आउने गरेको पत्रिकाले जनाएको छ ।

लुटपाटको उद्देश्यले बबिसिंह मुनाको अपार्टमेन्टमा पुगेको र सोही क्रममा गोली हानेर हत्या गरेको उल्लेख गरिएको छ ।

भोजपुरकी २१ वर्षीया मुना पाण्डे सन् २०२२ मा विद्यार्थी भिसामा अमेरिका पुगेकी थिइन् । उनी अमेरिका ह्युस्टन कम्युनिटी कलेजमा स्नातक तह अध्ययनरत थिइन् ।



प्रतिक्रिया दिनुहोस !