३१ भाद्र २०८१, सोमबार

दक्षिण कोरियामा चर्चित सौन्दर्य सामग्रीहरूको स्वरुम ‘ड्रिम स्किन नेपाल’ सञ्चालनमा

प्रकाशित मिति :  4 September, 2024 12:52 pm


काठमाडाैँ ।दक्षिण कोरियामा चर्चित सौन्दर्य सामग्रीहरूको भव्य स्वरुम ‘ड्रिम स्किन नेपाल’ लाजिम्पाटमा सञ्चालनमा आएको छ ।

नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क ए ताययोङ्गले ड्रिम स्क्रिन नेपालको स्वरुमको उद्घाटन गरेका हुन्। नेपाली बजारमा दक्षिण कोरियामा सौन्दर्य सामग्रीहरूको माग र प्रयोग उल्लेख्य रहेको छ ।

स्वरुम उद्घाटनको कार्यक्रममा कोरियामा सौन्दर्य सामग्रीहरुले नेपाली प्रयोगकर्ताहरुमा विश्वाश जगाउन सकेकोमा खुशी लागेको बताए । कोरियाका स्किन केयर र कस्मेटिक उत्पादन एशिया र युरोपमा चर्चित छन् । काठमाडौँमा ड्रिम स्किन नेपालको लाजिम्पाट र नयाँ बानेश्वरमा स्वरुम सञ्चालनमा छन् ।



प्रतिक्रिया दिनुहोस !