विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने
प्रकाशित मिति : 4 September, 2024 4:41 pm
काठमाडौँ । विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने भएको छ ।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले उपसमिति गठन गरी विधेयकलाई अझ व्यवस्थित बनाइने बताए।
उनले असल शिक्षा बनाउनका लागि केके मोडलमा जान सकिने हो ? समितिले पनि प्रश्ताव तयार पार्ने र सरकारको पनि धारणा सुनेर थप व्यवस्थित बनाउन उपसमिति वा समन्वय समिति बनाउने बताए ।उनले उपसमिति भने आगामी बैठकबाट बनाइने पनि जानकारी दिए ।
सभापति थापाले विधेयकको विषयमा छनोट गरेर कुनकुन राख्दा विधेयक अझ राम्रो हुन्छ त्यसमा अघि बढ्नेगरी तयारी गर्न पनि आग्रह गरे ।