३१ भाद्र २०८१, सोमबार

२ वर्ष निजी काम छाडेर इञ्जिनियरहरूको हकहितमा लाग्छुः सुवासचन्द्र बराल

प्रकाशित मिति :  5 September, 2024 11:13 am


काठमाडाैँ । नेपाल इञ्जिनियर एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष उम्मेदवार सुवासचन्द्र बरालले २ वर्ष आफ्नो काम छाडेर भए पनि इञ्जिनियरहरूको हक हितमा दिलोज्यानले लाग्ने प्रतिबद्धता जनाएका छन् ।

बुटवलमा लुम्बिनी प्रदेशका इञ्जिनियरहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले आफूसँग साढे २ दशकको कार्य अनुभव रहेको र दुई दशकदेखि एसोसिएसनका हरेक गतिविधिमा संल्गन रहेकाले पनि इञ्जिनियरहरुका समस्यासँग राम्रो जानकार रहेको बताए ।

सरकारी तथा निजी क्षेत्रका इञ्जिनियर र आर्किटेक्टहरुका आ आफ्नै समस्या रहेको भन्दै उनले अबको २ वर्षका लागि सबै समुदायको उन्नतिका लागि ठोस काम गर्न सक्छु भन्ने प्रतिबद्धताका साथ टिमसहित चुनावी मैदानमा आएको बताए ।

सातै प्रदेशमा सबल प्रदेश समिति र केन्द्रमा केन्द्रीय समिति बनाउने सोचका साथ सामूहिक रुपमा अघि बढेको बताउँदै अध्यक्ष उम्मेदवार बरालले प्रदेशसँग मिलेर काम गर्ने बताए । आफ्ना कुराहरू प्रतिबद्धतामार्फत ल्याएको बताउँदै बरालले आफ्नो नेतृत्वमा पेशागत हक हितका सवालमा परिवर्तन ल्याइछाड्ने दृढता व्यक्त गरे ।

बराल समूह पोखरामा अन्र्तक्रिया सकेर काठमाडौँमा अन्र्तक्रियामा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !