३ आश्विन २०८१, बिहिबार
मानव बेचबिखनविरुद्धको दिवस

मानव बेचबिखन मानव सभ्यताकै जघन्य अपराध हो-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  5 September, 2024 12:43 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना दिएका छन् ।

“तीनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता” भन्ने नाराका साथ मनाउन लागिएको मानव बेचबिखनविरुद्धको १८ औँ राष्ट्रिय दिवसका अवसरमा उहाँले शुभकामना व्यक्त गरेका हुन् ।

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क र जघन्य अपराध हो । समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरूप र गन्तव्यमा निरन्तर परिवर्तन पाइएको उनले बताए । नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकहरूमा घरेलु कामदारका रूपमा जाने क्रममा अधिकांश महिला बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरीसमेत मानव बेचबिखनका दृष्टिले बढी जोखिममा रहेको शुभकामना सन्देशमा बताइएको छ ।

बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्दै लिने नीति लिएको छ ।

गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारणले भइरहेको यस किसिमका आपराधिक कार्य पूर्ण रूपमा नियन्त्रण गर्न नेपाल सरकार निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गर्दै जान प्रतिबद्ध उहाँ शुभकामना सन्देशमार्फत् बताइएकाे छ । मानव बेचबिखन अन्त्य गर्न बनेका कानुनहरूको कडाइका साथ सरकारले कार्यान्वयन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !