जलवायु परिवर्तनका मुद्दाको अगुवाई वामपन्थीहरूले गर्नुपर्छः उपमहासचिव ज्ञवाली
काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाई वामपन्थीहरूले गर्नुपर्ने बताएका छन् ।
बिहीवार काठमाडौँमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगेको भन्दै यि मुद्दाहरू उठाउने कामको अगुवाई वामपन्थीहरूले गरेको बताएका हुन् । उनले जलवायु संकटका एकमात्र कारकहरू दोहन र नाफाबाहेक अरू केही नसोच्ने पुँजीवादी व्यवस्थाहरू रहेको बताए ।
“केही नयाँ इस्युहरू आएका छन् । जुन इस्युहरूको लिड वामपन्थीहरूले, समाजवादीहरूले लिनुपर्छ । जलवायु संकट, जलवायु परिवर्तनको तहबाट जलवायु संकटको तहमा पुगेका छौँ । त्यसले ढोका ढक्ढक्याउन थालेको छ । त्यो मुद्दाहरुको अगुवाई हामी वामपन्थीहरुले गर्नुपर्छ,”उनले भने ।
उपमहासचिव ज्ञवालीले २०६२\०६३ को क्रान्तिले आर्थिक आधार परिवर्तन गर्न नसकेको बताए। २० प्रतिशत गरिबीको रेखामुनी रहेका नागरिकलाई गरिबीमुक्त गराउनुपर्ने नेतृत्व वामपन्थीहरूले लिनुपर्ने बताए ।