३१ भाद्र २०८१, सोमबार

अस्पतालका सबै सेवा प्रवाहलाई प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन

प्रकाशित मिति :  5 September, 2024 5:23 pm


काठमाडौँ, १५ फागुन : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठक । तस्बिर प्रदीपराज वन्त रासस

काठमाडाैँ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अस्पतालहरूको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले अस्पतालहरूको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाइ आम नागरिकको सहज रूपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकपछि समितिका सभापति अम्मरबहादुर थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औषधिको गुणस्तर र सुनिश्चितताका लागि उत्पादन, विक्री वितरण लगायतका कार्यलार्य नियमन गर्न र दर्ता नभएका पोषण परिपूरकहरूको जथाभावी विक्री वितरण भइरहेको गुनासो आएकाले प्रभावकारी अनुगमन गरी नियमन गर्न निर्देशन दिए ।

त्यस्तै समितिले स्वास्थ्य बिमा योजनालाई व्यवस्थित गर्ने, स्वास्थ्य बिमा अन्तर्गत समावेश गरिएका तथा बिरामीका लागि आवश्यक सबै प्रकारका औषधिहरू अस्पतालका फार्मेसीबाटै सहजै प्राप्तिको सुनिश्चित गर्न निर्देशन दिए । आम नागरिकको सहज रुपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्ने सम्बन्धमा समितिले विगतमा दिएका निर्देशनहरूको कार्यान्वयन गरी सो को प्रगति विवरण १० दिनभित्र समिति समक्ष उपलब्ध गराउन निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !