३१ भाद्र २०८१, सोमबार

डेंगीबाट ४ र नयाँ भाइरस इन्सेफलाइटिसबाट ३ जनाको मृत्यु

प्रकाशित मिति :  5 September, 2024 5:26 pm


काठमाडाैँ ।डेंगीका कारण यस वर्ष नेपालमा ४ जनाको ज्यान गएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सो जानकारी गराएका हुन् ।

मन्त्री पौडेलका अनुसार ६ हजार ८३१ जनामा डेंगु संक्रमण भएको र ७५ जिल्लामा फैलिएको छ । डेंगी नियन्त्रणका लागि सबै तहका सरकारसँग मिलेर समन्वयात्मक ढंगका गतिविधिहरु अघि बढाइरहेको मन्त्री पौडेलले बताए । त्यस्तै झाडा पखालाका कारण बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ मा ४ जनाको मृत्यु भएको र जसमा एउटै परिवारका ३ जना रहेका छन् ।

सोको कारण पत्ता लगाउने काम भइरहेको स्वास्थ्यमन्त्री पौडेलले बताए । जापनिज इन्सेफलाइटिस नयाँ प्रकोपका रुपमा नेपालमा भित्रिएको र जसबाट चितवन र कैलालीमा ३ जनाको मृत्यु भइसकेको बताए । उनले जापनिज इन्सेफलाइटिसको शंकास्पद केसको संख्या ६२७ रहेको छ । त्यस्तै २८ जनामा पुष्टि भइसकेको पनि मन्त्री पौडेलले जानकारी दिए ।

मन्त्री पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने योजनाअनुसार अघि बढिरहेको बताए । उनले सिंहदरबार वैद्य खानालाई थप स्तरोन्नति गरी २० किसिमका आधारभुत आयुर्वेदिक औषधिको उत्पादन गर्नेगरी काम सुरू गरिएको जानकारी दिए ।

उनले वीर अस्पतालमा सुविधा सम्पन्न जलन उपचार वार्ड सञ्चालनमा ल्याइने गरी तयारी गरिरहेको बताए । जलन उपचार सेवामा १ लाख दिने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रालयलाई सिफारिस गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !