३१ भाद्र २०८१, सोमबार

पुरानो मानसिकता बोकेका प्रशासकका कारण संघीयता कार्यान्वयनमा समस्याः मुख्यसचिव अर्याल

प्रकाशित मिति :  5 September, 2024 6:13 pm


काठमाडाैँ ।नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले पुराना मानसिकता भएका कर्मचारीहरूका कारण संघीयता कार्यान्वयनमा समस्या भएको बताएका छन् ।

बिहीवार २१ औं निजामति दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको कार्यत्रममा बोल्दै यस्तो बताएका हुन्। उनले संघीयता कार्यान्वयनमा कर्मचारीहरुको मानसिकताको कारणले पनि समस्या आएको उल्लेख गरे । उनले संघीयता कार्यान्वयन र राजनीतिक निर्णयलाई कार्यान्वयन गर्ने जिम्मेवारी निजामति कर्मचारीको भएपनि पूर्णरूपमा कार्यान्वयन गर्न निजामति कर्मचारी चुकेको स्वीकार गरे ।

मुख्य सचिव अर्यालले नयाँ व्यवस्था संघीयता आयो तर पुराना मानसिकताका कर्मचारीहरूका कारण संघीयता कार्यान्वयनमा समस्या भएको भन्दै यो विषयमा छलफल गर्नुपर्ने आवश्यकता भएको उल्लेख गरे ।उनले अहिले रहेका प्रशाशकहरू सरकारी सेवामा प्रवेश गरेको ३० वर्षसम्म एकात्मक शासन व्यवस्थामा रमाएर आएका बताए ।उनले मुलुक संघीयतामा लागूपछि पनि धेरै कर्मचारीहरु काठमाडौं छोडेर बाहिर जान नचाहेको बताए ।

उनले प्रशासनिक पुनःसंरचना वा संघीय भावना बमोजिम कानूनले परिभाषित गरे पनि पुरानै कर्मचारी प्रशासनले कार्यान्वयन गर्नको लागि अफ्ठ्यारो परेको बताए । मुख्यसचिव अर्यालले अहिले सिंहदरबारभित्र मात्रै कर्मचारी देखिए पनि स्थानीय तहमा कर्मचारी नभएको जानकारी दिए ।उनले अब सामान्य प्रशासन मन्त्रालयले कुनैपनि कर्मचारीलाई दरबन्दी भन्दा बढी नराख्न निर्देशन दिँदै दरबन्दी भन्दा बढी कर्मचारी राखेर तलब खुवाएको भएपनि असुल उपर गर्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !