३१ भाद्र २०८१, सोमबार

विश्वप्रसिद्ध प्रविधि कम्पनी इन्टेलमा मनाइयो तीज

प्रकाशित मिति :  6 September, 2024 8:39 am


न्यु मेक्सिको, अमेरिका ।

प्रविधि कम्पनी इन्टेलमा हरितालिका तीज मनाइएको छ। अमेरिकाको न्युमेक्सिक्को राज्यस्थित इन्टेल कार्यालयमा तीज मनाइएको हो ।

कम्पनीको सो कार्यालयमा करीब २० जना नेपाली कार्यरत छन्। नेपाली कर्मचारीहरुले तीज विशेष कार्यक्रम सम्पन्न गरेका हुन्।

साँस्कृतिक महत्व बोकेका चाडपवर्प आफ्नो कार्यथलोमा मनाउना पाउँदा नेपालीहरु पनि खुशी रहने र विदेशीलाई पनि नेपालको संस्कृति बारे जानकारी हुने भएकाले कार्यक्रम आयोजना गरिएको इन्टेलमा कार्यरत डा. प्रकाश उप्रेतीले बताए।

करीब एक सय ५० सहभागीको अपेक्षा गरिएको कार्यक्रममा दुई सय भन्दा बढीको सहभागीत रहेका थिए। कार्यक्रममा नेपाली मात्र नभई विदेशीसमेत छमछम नाचेर रमाइलो गरेका हुन्।

“नेपाल सानो मुलुक हो तर हामी साँस्कृतिक रुपले धनी छौँ र संस्कृतिको जगेर्ना गर्नु हामी सबै नेपालीको कर्तव्य हो,” इन्टेल नेपाली समूहका अध्यक्ष डा. गोपिचन्द्र अधिकारीले भने।

विश्वभर छरिएर रहेका नेपालीहरूले आआफ्नो अनुकूलतामा तीजको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन्।



प्रतिक्रिया दिनुहोस !