३१ भाद्र २०८१, सोमबार

निजी अस्पतालले पनि बिमाको सुविधा दिने व्यवस्था गर्दैछौँः मन्त्री पौडेल

प्रकाशित मिति :  6 September, 2024 2:18 pm


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले निजी अस्पतालहरूले पनि बिमाको सुविधा दिनुपर्ने बताएका छन् ।

शुक्रवार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका हुन् ।सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बिमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरूमा बिमा सुविधा हुनुपर्ने बताए ।

“बिमा बोर्डले सरकारी र निजी अस्पतालहरूमा आफ्ना नागरिकलाई सेवा दिलाउनका लागि ति अस्पतालहरुमा स्वास्थ्य सेवा किनेको हो । बिमा बोर्ड यति शक्तिशाली हुनुपर्छ की, मैले तिम्रो माध्यमबाट मेरोमा बिमा गर्नेहरूलाई स्वास्थ्य सेवा दिन लगाएको हो,” उनले भने ।

उनले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरूलाई आग्रह गरे । उनले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरुप पारदर्शी ढंगले सेवा दिनुपर्ने बताए ।

उनले बिमा कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए। उनले बिमाको स्रोत सुनिश्चितता गर्ने, फेक क्लेम हुन नसक्ने र अनियमितता गर्न नसक्ने गरि व्यवस्थापन गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !