३१ भाद्र २०८१, सोमबार
पालिकाको नाम फेर्ने होड

रोल्पा गङ्गादेव गाउँपालिकाको नाम सुकीदह नै कायम, केन्द्र समेत पुरानै

प्रकाशित मिति :  6 September, 2024 5:17 pm


काठमाडौँ । रोल्पाको गङ्गादेव गाउँपालिकाको नाम परिवर्तन भएको छ ।

संघीय मन्त्रीपरिषद्को भदौ २० गतेको बैठकले गङ्गादेव गाउँपालिकाको नाम परिवर्तन गरेको हो ।

उक्त पालिकाको नाम स्थापनाकालमा सुकीदह थियो । स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष वीरबहादुर खत्रीले माओवादी जनयुद्धमा साहदत प्राप्त गरेका व्यक्तिको नामबाट नामाकरण गर्ने भन्दै गङ्गा र देवको नाम जोडर गङ्गादेव गाउँपालिका नामाकरण गर्ने निर्णय गरेका थिए ।

निर्णयलाई संघीय सरकारले कार्यान्वयन गरेको थियो ।

गङ्गादेवमा गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रले हार्‍याे । पालिकामा कांग्रेसले जितेपछि सुकीदह नाम नै कायम गर्ने निर्णय गरेको थियो ।

निर्णयलाई पालिका हुँदै प्रदेश सरकारले संघमा सिफारिस गरेका थिए । सिफारिस विरुद्ध गङ्गादेव नामको पक्षधर अदालतसम्म पुगेका थिए । अदालतले रिट खारेज गरिदिएको थियो ।

अहिले संघमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेपछि पालिका र प्रदेश सरकारको सिफारिसलाई संघीय सरकारले निर्णय गरेर गङ्गादेव खारेज गर्दै सविककै सुकीदह नाम कायम गरिदिएको हो ।

तत्कालीन अध्यक्ष खत्रीको पालामा जिनाबाङमा भएको केन्द्रलाई वडा नं. ५ सानाडाँडामा सारिएको थियो । अहिले फेरी संघीय सरकारले नामसँगै पालिकाको केन्द्रलाई समेत जिनाबाङमै कायम गरिदिएको छ ।

रोल्पामा सुरुमा राखिएका तीन पालिकाको नाम परिवर्तन गरिएको थियो ।

सुवर्णावतीको सुनिलस्मृति, दुईखोलीको नाम फेरेर परिवर्तन गाउँपालिका बनाइएको थियो ।

तीनवटै पालिकाको नाम माओवादी जनयुद्धमा साहदत प्राप्त गरेका व्यक्तिको नाम राखेर फेरिएको थियो । यसमध्ये एउटाको नाम उल्टिएको छ ।



प्रतिक्रिया दिनुहोस !