३१ भाद्र २०८१, सोमबार

आज गणेश चौथी, भगवान गणेशको विशेष पूजा आराधना गरेर मनाइँदै

प्रकाशित मिति :  7 September, 2024 10:02 am


काठमाडौँ। आज शिवपार्वतीका पुत्र भगवान गणेशको जन्मोत्सव अर्थात् गणेश चौथी । भक्तजनहरुले भगवान् गणेशको विशेष पूजाआराधना गरेर चतुर्थी मनाउँदैछन्।

काठमाडौँ उपत्यकाका कमलविनायक, सूर्यविनायक, कमलादी गणेश, अशोकविनायक, चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरिन्छ भने देशभरका गणेश मन्दिरमा आज भक्तजनहरु पुगेर गणेशको जन्मोत्सव मनाउने गर्दछन्।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको मान्यता रहेको छ ।

गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजा गरिने गरिन्छ । मङ्गल चतुर्थीसमेत भनिने यो पर्वलाई नेवार समुदायले भने चथा पर्वका रूपमा मनाउँछ ।



प्रतिक्रिया दिनुहोस !