३१ भाद्र २०८१, सोमबार

भगवान गणेश तथा स्वराज्य पूजन सम्पन्न

प्रकाशित मिति :  7 September, 2024 1:58 pm


काठमाडौं । भगवान गणेश प्राकट्य दिवसका उपलक्ष्यमा ललितपुर जिल्ला ,महालक्ष्मी नगरपालिका ,वडा नम्बर ३ बोझेपोखरी( इबिदह) बिष्ट गाउँ स्थित गणेश मन्दिरमा गणेश सहस्रना,गणेश अथर्वशिर्ष तथा इन्द्रस्तुति सहित स्वराज्य पूजन सम्पन्न भएको छ।

ललितादेवी स्थान,इबिदह स्थित गणेश तथा अन्य देवीदेवताको पूजन ,इन्द्रेश्वर महादेवमा  इन्द्रस्तुति सहित स्वराज्य पूजन,पैनाचल हनुलिंगेश्वर स्थित गणेश तथा देवीदेवता पुजन पश्चात् परिक्रमा गर्दै पुनः बोझेपोखरीमा आएर सम्पन्न गरिएको थियोे ।

पहिलोपटक आयोजना गरिएको परिक्रमा सहितको स्वराज्य पूजनले स्वराज्य भागवतको महत्त्वलाई विश्वमा स्थापित गराउने छ भन्ने बिचार परिकल्पनाकार तथा संकल्पकर्ता  केशवप्रसाद चौलागाईंको रहेको छ।

वेदमा स्वराज्यको मन्त्र रहेको र श्रीमद् भागवतमा कथा रहेको तथ्यलाई समन्वयात्मक रुपमा उजागर गर्दै”  स्वराज्य भागवत” लेखिएको तथ्यलाई आजको पूजन र परिक्रमाले सार्थक तुलाएको छ ।

इन्द्रेश्वर महादेवमा गरिएको इन्द्रसुक्त पारायणले असुरप्रवृत्ति माथि बिजय पाउदै सुशासन र समृद्धि सम्भव हुनेछ ।बिघ्नहर्ता तथा प्रथम पूजक भगवान गणेश को पूजा आराधना सहित सम्पन्न स्वराज्य पूजन स्थानिय बिष्ट परिवार,जनप्रतिनिधि ,टोल समिति  तथा भक्त समुहको सकृयता मा सम्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस !