३१ भाद्र २०८१, सोमबार

आज ऋषिपञ्चमी, हिन्दु नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै

प्रकाशित मिति :  8 September, 2024 7:25 am


काठमाडौँ । आज ऋषिपञ्चमी पर्व नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन् ।

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीको किनारमा पुगेर ३६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

नारीलाई रजस्वलाका दिनहरुलाई चार वटा देवीहरुको अनुरुप तुलना गर्ने चलन छ । पहिलो दिन चण्डालिनी, दोस्रो दिन ब्रह्मधातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने चलन छ । महिलामा रजस्वलाका समयमा भएको कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति मिल्ने धार्मिकग्रन्थमा उल्लेख गरिएको छ ।

आज सप्त ऋषिको पूजा आराधना गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल, कर्कला आदि खानु पर्ने प्रचलन रहि आएको छ । आज काठमाडौँको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्छ ।



प्रतिक्रिया दिनुहोस !