३१ भाद्र २०८१, सोमबार

गगनेखोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध

प्रकाशित मिति :  8 September, 2024 8:14 am


प्रतिकात्माक तस्बिर

सुर्खेत । कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।

गए रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत दुई ठाउँमा पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय, कालीकोटका अनुसार शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

गगनेखोलामा यसअघि पनि बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । प्रहरीका अनुसार अवरुद्ध सडक खोल्न सडक डिभिजनको टोली परिचालन गरिएको छ।



प्रतिक्रिया दिनुहोस !