३१ भाद्र २०८१, सोमबार

सोलुवासीलाई रक्षामन्त्री राईको सम्बोधन: फोन उठाउन भ्याउँदिन, नरिसाउनु होला

प्रकाशित मिति :  8 September, 2024 8:30 am


काठमाडाैं । रक्षामन्त्री मानवीर राईले आफूलाई फोन उठाएन भनेर आलोचना नगर्न आग्रह गरेका छन् । शनिवार सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

कार्य व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था भएकाले त्यसमा अन्यथा नठान्न मन्त्री राईले जिल्लावासीलाई पटक पटक आग्रह गरे । उनले बिहान बेलुका फुर्सद हुँदा आफूले फोन उठाउने र नभ्याए आफ्नो स्वकीयलाई सम्पर्क गरेर भएपनि आफूलाई जानकारी गराउन पनि उनले अनुरोध गरे ।

मन्त्री राईले भने, “मन्त्रीले त फोन उठाउन नभ्याउने रहेछ नि त । त्यो भएर कहिले काँही राति साँढे नौं बजेसम्म मन्त्रीपरिषद बैठकमा नै हुन्छु । यो सत्य कुरा हो । पत्रकार साथीहरुलाई यो कुरा थाहा हुन्छ । हामी साँढे नौ बजेतिर प्रधानमन्त्री कार्यालयबाट निस्केको कुरा पत्रकार साथीहरुलाई थाहा हुन्छ ।”

“अनि मलाई नभेटी नहुने नभनी नहुने केही छ भने मेरो सचिवालयमार्फत तपाईहरुको कुरा आओस । बिहान बेलुका म फुर्सद हुँदा फोन उठाउँछु,” उनले भने, “फोन पनि नउठाउने, भेट्न पनि नपाईने भयो भनेर नराम्रो सन्देश गाउँगाउँ जाला भन्ने मलाई ठूलो त्राश छ हजुर । तपाईहरुले सहयोग गरिदिनुपर्याे ।”



प्रतिक्रिया दिनुहोस !