३१ भाद्र २०८१, सोमबार

जाजरकोटमा पहिरोमा पुरिदाँ वडा सदस्य दम्पती बेपत्ता

प्रकाशित मिति :  8 September, 2024 9:59 am


सांकेतिक फाेटाे

जाजरकोट । जाजरकोटमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदाँ वडा सदस्य दम्पती बेपत्ता भएका छन् । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरो खस्दा वडा सदस्यका दम्पती बेपत्ता भएका हुन ।

बारेकोट गाउँपालिका–६ वडाकी वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउनेको घर पहिरोले पुरिदाँ श्रीमानश्रीमतीनै बेपत्ता भएको बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए ।

पहिरोमा पुरिएकी उनकी ११ वर्षीय छोरीको भने उद्धार गरेर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए । चलाउने दम्पतीको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !