सहकारी छानबिन समितिले अर्थमन्त्री र गभर्नरसँग छलफल गर्दै
प्रकाशित मिति : 8 September, 2024 3:35 pm
काठमाडौँ । सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले आइतबार अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्दै छ । अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीसँग दिउँसो १ बजे छलफल गर्ने तयारी समितिले गरेको छ।
समितिले सहकारीको आर्थिक समस्या हल गर्न सरकारी गर्ने कदम, समस्या समाधानका उपाय र सरकारी सहयोगबारे छलफल गर्न लागेको हो ।
सहकारीका समस्या समाधान गर्ने भन्दै तीन महिनादेखि विभिन्न व्यक्ति र निकायसँग समितिले निरन्तर छलफल गरिरहेको छ ।