१२ मंसिर २०८१, बुधबार

खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न शिक्षा, स्वास्थ्य र रोजगारी दिऔँः खेलकुदमन्त्री चौधरी

प्रकाशित मिति :  8 September, 2024 4:43 pm


काठमाडाैँ ।युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न उनीहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिनुपर्ने बताएका छन् ।

आइतवार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै उनले नेपालमा खेलकुदको सम्भावना बढी रहेको भएपनि खेलाडीहरू विदेश पलायन भइरहेको अवस्था रहेको बताएका हुन् ।

१३ औं सागमा सहभागी २०७ जना खेलाडीमध्ये सय बढी खेलाडीहरू विदेश पलायन रहेको जानकारी आफूले पाएको पनि बताए ।

उनले भने, “खेलाडीहरूको छोराछोरीको शिक्षादिक्षा राम्रो हुन सक्नुपर्छ । त्यो व्यवस्था हामीले गर्नुपर्छ । उहाँहरूलाई रोजगारी दिनुपर्छ । आर्मी, पुलिस र सशस्त्र बाहेकले रोजगारी दिन सकेको छैन । रोजगारी सिर्जना गरिदिनुहुन आग्रह गर्दछु । अर्को कुरा स्वास्थ्य हो । त्यो हुनसके हाम्रो देशमै खेलाडीहरु रहनेछन् र शिर उँचो राख्नेछन् । खेलकुदलाई बढी प्राथमिकता दिन आग्रह गर्दछु ।”

मन्त्री चौधरीले सरकारले अहिले महत्वका साथ खेलकुद क्षेत्रलाई हेरिरहेको बताए । नेपाली काँग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई पाँच लाख नगलसहित सम्मान प्रदान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !