१ आश्विन २०८१, मंगलबार

प्रतिनिधि सभाको बैठक बस्दै

प्रकाशित मिति :  9 September, 2024 7:43 am


काठमाडौँ । संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठकमा बस्ने छ ।

आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !