१ आश्विन २०८१, मंगलबार

सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक बस्दै

प्रकाशित मिति :  9 September, 2024 8:41 am


काठमाडौँ । आज सत्तारुढ दलको बैठक बस्दैछ। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

सरकार गठन भएको झण्डै दुई महिनापछि पहिलोपटक सत्तारूढ दलहरूको बैठक बस्न लागेको हो। सरकारले ल्याउने सरकारको न्यूनतम् साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बस्न लागेको हो।

आइतबार प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको थियो । छलफलपछि एमाले र कांग्रेसले सरकारका न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो।

कार्यदलमा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशरण महत रहने विषयमा कुराकानी भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !