११ मंसिर २०८१, मंगलबार

स्थानीय सेवा ऐनको बिरुद्धमा लुम्बिनी प्रदेश सभा अगाडि स्वास्थ्यकर्मीको धर्ना सुरू

प्रकाशित मिति :  9 September, 2024 12:27 pm


दाङ । लुम्बिनी प्रदेशभरका स्वास्थ्यकर्मीहरूले धर्ना सुरू गरेका छन् । संघीय सरकारको स्वास्थ्य सेवा ऐनसँग बाझिएको गरी लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवा ऐन ल्याउन लागेको भन्दै स्वास्थ्यकर्मीहरूले प्रदेश सभा अगाडि नै आजदेखि धर्ना सुरू गरेका हुन् ।

स्वास्थ्य सेवा नियमावली २०५३ ले प्रदान गर्ने २ तहको स्तरबृद्धिलाई रोक लगाउने गरी प्रदेश सरकारले स्थानीय सेवा ऐन ल्याउन लागेको स्वास्थ्यकर्मीहरूको भनाइ आरोप छ । हेल्थ असिष्टेन्ट पद, अहेव र अनमी पाँचौंमा कार्यरत स्वास्थ्यकर्मीहरुले सरकारले ल्याउने तयारी गरेको स्थानीय सेवा ऐनले आफूहरुलाई प्रोत्साहन नभई निरुत्साहित गर्ने स्वास्थ्यकर्मी संघर्ष समिति लुम्बिनीका संयोजक गिरी त्रामुले जानकारी दिए ।

प्रदेश सरकारले ल्याउँदै गरेको स्थानीय सेवा ऐन सिएमएहरुलाई मात्र केन्द्रीत गरी तयार पारिएको स्वास्थ्यकर्मीहरुको दावी छ । संघर्ष समितिका संयोजक त्रामुका अनुसार चौथो तहमा सेवा प्रवेश गरेका सिएमएहरु बढुवा हुँदै सातौं तहसम्म पुग्ने र पाँचौं तहमा सेवा प्रवेश गरी समायोजनका क्रममा स्थानीय तहमा आएका छैठौं तहका हेल्थ असिष्टेन्ट पद, अहेव र अनमी पाँचौंहरु बढुवा हुन नपाउने प्रावधान ल्याउन लागिएको छ ।

याे पनि……..



प्रतिक्रिया दिनुहोस !