८ मंसिर २०८१, शनिबार

डीडीसीको दसैं अफर: दुग्धजन्य पदार्थमा २० प्रतिशतसम्म छुट

प्रकाशित मिति :  9 September, 2024 12:48 pm


काठमाडौँ । दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ ।

संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्ष रहेका स्थानमा दुग्ध पदार्थ किन्दा विशेष छुटको व्यवस्था गरेको हो ।

दसैंदेखि तिहारसम्म डिडिसीका सबै उत्पादनमा २० प्रतिशत छुट दिएकाे संस्थानले जनाएको छ ।हाल देशभर दैनिक एक लाख लिटर दूध तथा दही बिक्रीवितरण हुँदै आएको छ । उपभोक्ताको माग भने दैनिक एक लाख ३० हजार लिटर रहेको संस्थानको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !