११ मंसिर २०८१, मंगलबार

विपीले अगाडि सार्नुभएका नीतिहरू आज पनि समय सान्दर्भिक छन्ः वनमन्त्री ठकुरी

प्रकाशित मिति :  9 September, 2024 2:08 pm


काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विपी कोइरालाले अगाडि सार्नुभएका नीतिहरू आज पनि समय सान्दर्भिक रहेको बताएका छन् ।

सोमवार सिंहदरबार परिसरमा विपीको १११ औं जन्यजयन्तीको अवसरमा वृक्षारोपण गर्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन्। विपीको लोकतान्त्रिक समाजवाद र प्रजातान्त्रिक समाजवादको परिकल्पना र उहाँले देखाउनुभएको बाटो आज पनि समय सान्दर्भिक रहेको बताए । विपीलाई जति स्मरण गर्छौं त्यति नै आज देशका लागि लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रप्रतिको सम्मान हुने बताए ।

“विपी कोइरालाले देखाउनुभएको बाटो, उहाँले लोकतान्त्रिक समाजवाद र प्रजातान्त्रिक समाजवाद जुन परिकल्पना गर्नुभएको थियो । त्यो कुरा आज पनि त्यत्तिकै सान्दर्भिक छ । आज पनि उहाँले लिएका त्यो बेलाका नीतिहरु, उहाँले गर्नुभएको कार्यहरू नेपालको सन्दर्भमा समय सान्दर्भिक हुँदै गएका छन्,” उनले भने ।

मन्त्री ठकुरीले विपीको स्मरणमा आज रोपिएको रुखले नेपालको सन्दर्भमा वातावरण र यससँग जोडिएका समग्र विषयमा महत्वपूर्ण योगदान दिने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !