११ मंसिर २०८१, मंगलबार

सांसद पराजुलीको प्रश्नः धनराज गुरुङलाई सहकारी ठगीमा छानविन गर्ने कि नगर्ने ?

प्रकाशित मिति :  9 September, 2024 3:57 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङ उपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानविन गर्ने कि नगर्ने ? भनेर प्रश्न गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी वचत तथा ऋण सहकारी संस्थाको करिव १५ करोड रुपैयाँ रकम हिनामिनामा नेपाली काँग्रेसका सांसद धनराज गुरुङ र उहाँको श्रीमतीको नाम जोडिएको कुरा मिडियामार्फत सार्वजनिक भएको बताए ।

उनले सहकारीका अध्यक्ष अध्यक्ष कुम्भराज गुरुङले ठगी गरेको दाबिसहित उजुरी समेत दिनुभएको भन्दै छानविन गर्ने कि नगर्ने भनि काँग्रेस सांसदहरुमाथि प्रश्न गरे। उनले गुरुङमाथि छानविनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर पनि प्रश्न गरे। त्यसैगरी एपिवान टेलिभिजनमा पनि जिबि राईको लगानी रहेको कुरा सार्वजनिक भएको भन्दै एपिवानमा लगानी गर्न सहकारीको पैसा लगिएको थियो कि थिएन सो पनि छानविन गर्ने नगर्ने भनेर उनले अर्को प्रश्न गरे ।

उनले सरकार बनाउन भुमिका खेल्ने एपिवान टिभिका मालिकलाई सरकारले छानविन गर्ने हिम्मत राख्छ ? भनि गृहमन्त्रीलाई प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस !