११ मंसिर २०८१, मंगलबार

पहिरोले अवरुद्ध मुग्लिङ–काठमाडौँ सडक सञ्चालनमा

प्रकाशित मिति :  10 September, 2024 8:33 am


काठमाडौँ । मुग्लिङ–काठमाडौँ सडक खण्ड एकतर्फी संञ्चालनमा आएको छ । सोमबार साँझ ५ बजेदेखि अवरुद्ध बनेकाे काठमाडौँ–मुग्लिन सडकखण्डमा रातिदेखि एकतर्फी गाडी सञ्चालनमा आएको हो।

अविरल वर्षापछि धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सोमबार साँझ ५ बजेदेखि अवरुद्ध बनेको सडक राति साढे ११ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

सडक अवरुद्ध हुँदा काठमाडौँ भित्रने र बाहिरिने सयौं सवारीसाधन रोकिएका थिए। सडक एकतर्फी रुपमा सञ्चालनमा आएपछि सवारी साधन र यात्रु गन्तव्यतिर लागेका छन्।



प्रतिक्रिया दिनुहोस !