१२ कार्तिक २०८१, सोमबार

दाङमा एक जना कोराना संक्रमित थपिए

प्रकाशित मिति :  21 May, 2020 7:04 pm


दाङ, ८ जेठ ।

दाङमा एक जना कोरोना संक्रमित भेटिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ति निकालेर दाङ्मा एक जना कोरोना संक्रमित भेटिएको जानकारी गराएको हो ।

प्रतिष्ठानले घोराही उप महानगरपालिका ३ का ३७ वर्षीय पुरुष रहेको जनाएको छ । संक्रमितलाई सम्बन्धित स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयको सम्पर्कमा राखिएको प्रतिष्ठानले जनाएको छ ।

अहिलेसम्म दाङ्भित्र रहेका ३ जना संक्रमित भेटिएका छन् । प्रतिष्ठानले थप २ सय ९० जनाको स्वाब परीक्षण गरिरहेको जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस !