१० मंसिर २०८१, सोमबार

आवासीय चिकित्सकहरूमाथिको श्रम शोषण अन्त्य गर्न सांसद कार्कीको माग

प्रकाशित मिति :  10 September, 2024 3:51 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले निजी मेडिकल कलेजहरूले आवासिय चिकित्सकहरूमाथि गरिरहेको श्रम शोषण अन्त्य गर्नुपर्ने बताएकी छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले नीजि मेडिकल कलेजहरूले आवाशिय चिकित्सकहरूमाथि श्रम शोषण र अत्याचार गरिरहेका बताएकी हुन्। उनले ०७२ घण्टासम्म निरन्तर श्रममा लगाउनेसम्मको अवस्था रहेको भन्दै श्रम शोषणको अन्त्य गर्न आग्रह गरिन् ।

उनले सरकारी मेडिकल कलेजहरूले भर्ना शुल्क २२ लाख रुपैयाँ मात्र लिएपनि नीजि मेडिकल कलेजहरूले भने त्योभन्दा बढी शुल्क लिइरहेका भन्दै आफुहरुले त्यसरी माफियाकरण हुन नदिने चेतावनी दिइन् । उनले भर्ना शुल्क २२ लाख रुपैयाँबाट क्रमशः घटाउँदै निःशुल्क बनाउन माग गरिन् ।



प्रतिक्रिया दिनुहोस !