११ मंसिर २०८१, मंगलबार

बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा सांसद चौधरीको जोड

प्रकाशित मिति :  10 September, 2024 3:56 pm


काठमाडाैँ ।नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले बिआरआई परियोजना कार्यान्वयनमा ध्यान दिन सरकारलाई आग्रह गरेका हुन् । उनले बिआरआई परियोजना अनुदानमा ल्याउनुपर्ने बताए । अनुदानमा नभए कमभन्दा कम व्याजदरमा ल्याएर भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । उनले परियोजना कार्यान्वयनसँगै व्यापार हुने, नहुने स्थितिको सम्बन्धमा भने ध्यान दिनुपर्ने बताए ।

उनले भने, “सन् २०१६ को राष्ट्र बैंको तथ्याङ्क अनुसार अहिले पनि १२५ वटा परियोजनाहरु कार्यान्वयनका लागि स्वीकृती भएको छ । यदि बिआरआईलाई कार्यान्वयन गर्न सक्ने हो भने स्वीकृत १२५ योजनालाई पनि सहज तरिकाले सम्पादन गर्न सकिन्छ । यसैले बिआरआई परियोजना कार्यान्वयनको विषयमा ध्यान दिनुपर्ने देखिन्छ ।”सांसद चौधरीले बिआरआई परियोजनाको कार्यान्वयनसँगै नेपालले विश्वसँग जोडिने स्वर्णिम मौका पाउने बताए ।



प्रतिक्रिया दिनुहोस !