११ मंसिर २०८१, मंगलबार

कार्यकर्ता भर्ती गर्ने बाटो सहज बनाउन उपसभामुखबिरुद्ध महाअभियोग लगाउँदैछन्ः अध्यक्ष लिङदेन

प्रकाशित मिति :  10 September, 2024 4:40 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संवैधानिक परिषद्मा सहज बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानाबिरुद्ध महाअभियोग लगाउने तयारी गरिएको भन्दै बिरोध जनाएका छन् ।

मंगलवार झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेस र नेकपा एमाले सहितका सत्तारुढ दलहरू संवैधानिक अंगहरूमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न र अहिलेको संवैधानिक परिषद्को गणितलाई सहज बनाउन उपसभामुख हटाएर कार्यकर्ता नियुक्ति गर्ने तयारीमा लागेको बताए ।

उनले जनताको असन्तुष्टि छताछुल्ल भइराख्दा पनि राजनीतिक दलहरू सच्चिने बाटोमा नगएको बताए । उनले राजनीतिक दलहरू फेरि पनि जति सकिन्छ लुटौँ, खाआाैँ भन्ने बाटोमा गइरहेको आरोप लगाए । उनले सत्तारुढ राजनीतिक दलका लागि देश प्राथमिकतामा नरहेको बताए ।

उनले भने,”मलाई सचेतकले भनिरहनुभएको थियो, काँग्रेस र एमालेको बैठक र सरसल्लाह के भइरहेको छ रे भने संवैधानिक अंगहरूमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न अहिलेको संवैधानिक परिषद्को गणितले अफ्ठ्यारो पा¥यो । बहुमत पुगेन रे । बहुमत नपुगेपछि बहुमत पु¥याएर आफ्नो कार्यकर्ता नियुक्ति गर्न के गर्नुप¥यो भन्दा उपसभामुख हटाउन महाअिभियोग लगाउनुप¥यो भनेर भनिरहेको छ । देश कहाँ गइरहेको छ । यत्रो परिवर्तन आइसक्दा, जनताको असन्तुष्टि यस प्रकार छताछुल्ल भइराख्दा पनि उनीहरु सच्चिने बाटोमा छैनन् ।”

अध्यक्ष लिङदेनले गणतन्त्र, धर्म निरपक्षता र संघीयताको बोझ देशले बोक्न नसक्ने बताP । यसको अन्त्य नगरी देशले स्थायित्व प्राप्त गर्न नसक्ने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !