विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित समिति सभापतिको निर्वाचन भदौ ३१ मा हुने
काठमाडाैँ । राष्ट्रिय सभा अन्तर्गतका दुई संसदीय समिति सभापतिको निर्वाचन भदौ ३१ गते हुने भएको छ ।
मंगलवार बसेको सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली २०७५ को १५० बमोजिम विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका रिक्त सभापति पदको निर्वाचनका लागि भदौ ३१ गतेलाई तोकेका हुन् ।
अध्यक्ष दाहालले समितिका सभापतिको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन दिए ।
उनले भने, “राष्ट्रिय सभा नियमावली २०७५ को १५० बमोजिम विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका रिक्त सभापति पदको निर्वाचनका लागि मिति २०८१ भदौ ३१ गते सोमवारको दिन तोकेको छु । समितिका सभापतिको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्याललाई निर्देशन दिन्छु ।”
राष्ट्रिय सभाको अर्को बैठक भदौ ३० गते आइतवार दिउँसो सवा १ बजे बस्नेथरी स्थगित भएको छ ।