३ आश्विन २०८१, बिहिबार

लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीले दिए राजीनामा

प्रकाशित मिति :  10 September, 2024 7:34 pm


दाङ । लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । मन्त्री कुर्मीले मंगलबार (आज) मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएका हुन् ।

बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित मन्त्री कुर्मीले पार्टी निर्देशनमा राजिनामा दिएको कांग्रेस स्रोतले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौँ बोलाएर मन्त्री कुर्सीलाई राजिनामा गर्न निर्देशन दिएको स्रोतको भनाइ छ ।

पार्टीप्रति नकारात्मक प्रभाव पर्ने सम्भावना बढ्दै जाँदा कुर्मीलाई राजिनामा गर्न लगाइएको हो । मन्त्री कुर्मीले राजिनामा बुझाएको भए पनि राजिनामा भने स्विकृत भने भएको छैन ।

कांग्रेस–माओवादीको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित भएका थिए । साउन ९ गते कांग्रेसको सिफारिसमा बिनाविभागीय मन्त्री बनेका कुर्मीलाई साउन १८ गते मुख्यमन्त्री आचार्यले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !