बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी
काठमाडौँ । नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक जारी रहेकाे छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।
उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउनका लागि देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका हुन् । यसअघि सोमबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पनि उपसभामुख रानालाई उपसभामुखबाट हटाउनेबारे छलफल भएको थियो।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसद्ले उनको राजीनामा माग गरेका थिए। रानालाई उपसभामुखबाट हटाउन कांग्रेसका केही सांसद्ले हस्ताक्षर समेत गरिसकेका छन् ।
उपसभामुख रानाले एक कार्यक्रममा सहभागी हुन अमेरिका जान खोजेकाहरूको विषयमा अमेरिकी दूतावासलाई पत्र पठाएकी थिइन् । रानाको उक्त व्यवहार राष्ट्रहित विपरित र आचरणविपरीत रहेको भन्दै सत्तारुढ दलहरूले उनलाई हटाउन खोजेका हुन् ।