१ आश्विन २०८१, मंगलबार

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा १० जना घाइते

प्रकाशित मिति :  11 September, 2024 11:31 am


काठमाडौं । अर्खाखाँचीमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अर्घाखाँचीको जत्रादेवबाट बुटबल जाँदै गरेको जिप बुधबार बिहान साढे १० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शितगंगा–१२ हिलेखोला नजिक बुधबार बिहान साढे १० बजे लु १ ज ४७६३ नम्बरको डवल क्याप जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्खाखाँचीका प्रमुख डीएसपी प्रतित सिंह राठोरले जानकारी दिए। जिप सडकबाट करिब ६० मिटर तल खसेको छ।
सबै घाइतेलाई उद्धार गरेर उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !