१ आश्विन २०८१, मंगलबार

लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

प्रकाशित मिति :  11 September, 2024 12:48 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन तथा वातावरण मन्त्री बादशाह कुर्मिको राजीनामा स्वीकृत गरेका छन् । मुख्यमन्त्री आचार्य समक्ष कुर्मीले आज (बुधबार)बाट लागु हुनेगरी मंगलबार दिउँसो राजीनामा पत्र बुझाएका थिए । मुख्यमन्त्री आचार्यले वन तथा वातावरण मन्त्री कुर्मिले बुझाएको राजीनामा आज (बुधवार) स्वीकृत गरेका हुन् ।

बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (२) बाट विजयी कुर्मी साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए । मन्त्रीमा नियुक्त भएदेखिनै उनको बारेमा मानव अधिकारकर्मीहरूले बिरोध गर्दै आएका थिए । आफू माथि लागेको आरोपहरूको छानबिनको लागि मार्गप्रसस्त गर्न मन्त्री पदबाट राजीनामा दिएको जनाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ परसपुरकी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोपमा लाग्दै आएको छ । महिला अधिकारकर्मी रुवि खान लगायतले कुर्मीको हत्या प्रकरणमा बादशाहमाथि कारबाहीको माग गर्दै राजधानी केन्द्रीत प्रदर्शन गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !