१२ मंसिर २०८१, बुधबार

उपसभामुखलाई हटाए सत्तारुढ दलका लागि आत्मघाति गोल हुनेछ : रवि लामिछाने

प्रकाशित मिति :  11 September, 2024 3:00 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन् ।

बुधवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले बिहीवार आफूले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखको विषयमा भइरहेको चर्चा परिचर्चाहरुको बारेमा वास्तविकता के हो भनि प्रश्न गरेको बताए । उनले आफूले यदि उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्दै हुनुहुन्छ भनेर सचेत गराएको बताए।

लामिछानेले एमाले कांग्रेसले दुई तिहाइको दम्भ लिएको भन्दै संसदको अंकगणित भन्दा बाहिर धेरै जनता रहेको बताए ।

सभापति लामिछानेले यदि उपसभामुखलाई हटाइए सत्तारुढ दलहरुका लागि आत्मघाती हुने चेतावनी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !