९ मंसिर २०८१, आइतबार

लुम्बिनी प्रदेश सभामा पेश भयो प्रतिवेदन सहितको स्थानीय सेवा गठनको विधेयक

प्रकाशित मिति :  11 September, 2024 4:27 pm


दाङ। लुम्बिनी प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश भएको छ ।

प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश गरिन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको २९ औं बैठकमा समितिका सभापती बुढाले प्रतिवेदन सहितको विधेयक पेश गरेकी हुन ।

भदौ ६ गते बसेको प्रदेश सभाको २७ औं बैठकले प्रतिवेदन सहित पेश भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो । समितिले विधेयक माथी पुनः छलफल गरेर बुधवासको बैठकमा पेश गरेको हो ।

प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । प्रदेश मामिला तथा कानुन समितिले प्रतिवेदन सहितको विधेयक तयार पार्न ३६ औं बैठक सम्पन्न गरेको र लामो छलफलबाट प्रतिवेदन पुनः सभामा पेश गरिएको समितिका सभापती बुढाले जानकारी दिइन् ।

सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निस्पक्ष, पारदर्शी, जनउत्तरदायी बनाउन भूमिका खेल्नेगरी विधेयक तयार भएको सभापतीको भनाई छ ।

बुधवार बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाउन प्रस्ताव पेश गरेका छन् । बैठकमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा बोल्दै सरकारको सभाको ध्यानाकर्षण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !