११ मंसिर २०८१, मंगलबार

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

प्रकाशित मिति :  12 September, 2024 8:47 am


सांकेतिक फाेटाे

कर्णाली । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका– १ को गगनेखोलामा आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर वर्षाका कारण समस्या भइरहेको छ । सडक अबरुद्ध भएसँगै सयौँ यात्रुहरू अलपत्र परेका छन् ।

सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ। लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !