१ आश्विन २०८१, मंगलबार

नेप्सेमा ७८ अंकको उछाल

प्रकाशित मिति :  12 September, 2024 3:12 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये एउटा उपसमुह बाहेक सबै उपमुहको सेयरमूल्य बढेको छ ।

आजको दिन नेप्सेमा सिइडिबी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४७ करोड ६५ लाख ८ हजार ९० रुपैयाँको कारोबार भएको छ ।

आजको दिन विन नेपाल लघुवित्त, ग्रिन भेन्चर, इष्टर्न हाइड्रो,रावा इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी चारै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन नेप्सेमा थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १ सय ५४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६ सय १२ रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !