१२ मंसिर २०८१, बुधबार

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

प्रकाशित मिति :  13 September, 2024 11:32 am


काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । पार्टीको संसदीय दलको बैठक दिउँसो २ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्ने भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बैठकमा संवैधानिक परिषद् बैठक, उपसभामुखबारे पछिल्लो समय सत्तारुढ दलले गरेको तयारी, सहकारी प्रकरण र संसद् बैठकलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ ५ बजे संवैधानिक परिषद् बैठक बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस !