३ आश्विन २०८१, बिहिबार

कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छुः कृषिमन्त्री अधिकारी

प्रकाशित मिति :  13 September, 2024 2:51 pm


काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि ऐन छिटो ल्याउन प्रयत्नरत रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा फ्लोरिकल्चर एशोसिएशन नेपालको ३२ औं वार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचनको अवसरमा बोल्दै मन्त्री अधिकारीले कृषि ऐन नै लामो समयदेखि ल्याउन नसकेको भन्दै अब छिटै कृषि ऐन ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

उनले मन्त्रालयले कृषिसँग आवद्ध रहेका कुनैपनि ऐन नियमहरु तर्जुमा गर्नका लागि सुरुवात गरिसकेको जानकारी दिँदै कृषि मन्त्री अधिकारीले बीउ विजन नियमावली चाँडो भन्दा चाँडो पास गराउने प्रतिवद्धता जनाए ।

उनले भने, ‘कृषिसँग आवद्ध रहेका कुनैपनि ऐनहरु तर्जुमा गर्नका लागि शुरुवात गरेका छौँ । हामीले कृषि ऐन नै लामो समयदेखि ल्याउन सकेका छैनौँ, कृषि ऐन ल्याउँदैछौँ । कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका वा आवश्यक पर्ने कुनैपनि ऐन, नियमहरु अहिले तर्जुमा भइरहेका छन् । छलफल अघि बढिरहेको छ । बीउ विजन नियमावली चाँडो भन्दा चाँडो पास गराएर यहाँहरुका बीचमा ल्याउने काममा पनि म आफू क्रियाशिल रहनेछु । सिंगो कृषि ऐन चाँडो भन्दा चाँडो ल्याउनुपर्ने छ ।’

किसानलाई परेका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै मन्त्री अधिकारीले व्यवसायिक हितका लागि सरकारले आवश्यक काम गरिरहेको पनि उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !