१२ मंसिर २०८१, बुधबार

व्यवसायीकरण र यान्त्रिकरणबाट कृषिमा परिवर्तन–मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  13 September, 2024 3:24 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासको लागि व्यवसायीकरण र यान्त्रीकरण जरुरी रहेको बताएका छन् ।

बीपी चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले पृथु टेक्निकल कलेजमा शुक्रबार आयोजना गरेको नेपालमा कृषि क्रान्ति, सम्भावना र चुनौती विषय बिचार गोष्ठीमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले व्यवसायीक कृषिका लागि कार्यक्रमहरु अघि बढाए पनि युवा पुस्ता आकर्षित हुन नसक्नु समस्याका रुपमा रहेको चित्रण गरे । यसका लागि राजनीतिक दलहरुले अब स्वदेशमा नै अवसरहरुको सृजना गर्नेगरी नितिगत भूमिका बढाउनुपर्ने धारणा राखे ।

“यहाँ उठेका विषयहरुमा प्रदेश सरकारले काम गरेको छ । तर, युवाहरुले चासो नदिदा प्रभावकारी हुन सकेन”, उनले भने, “मुलुकको विकासका लागि दुई ठूला राजनीतिक दलहरु बिचको सहकार्यले राजनीतिक स्थायित्व दिन्छ । यसबाट युवालाई कृषिमा आकर्षित गर्न सकिन्छ ।”

प्रदेश सरकारले कृषि क्षेत्रको विकास गर्न नव प्रवर्तनका योजनाहरु अघि बढाएको जानकारी दिए । कृषिलाई उद्यम र उद्योगका रुपमा विकास गर्न नव प्रवर्तन कार्यक्रमहरु अघि बढाएको जानकारी दिए । लुम्बिनी प्रदेश कृषि उत्पादनको दृष्टिकोणले प्रचुर सम्भावना रहेको बताउँदै उनले तीन वटा भूगोललाई जोडेर अघि बढ्ने योजना सुनाए । बिचार गोष्ठीमा कृषिमा औद्योगीकरण, व्यवसायीकरण र युवाहरुको संलग्नता बढाएर उत्पादन र उत्पादकत्व बढाउन सकिनेमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !