३ आश्विन २०८१, बिहिबार

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने चेम्बर लुम्बिनीको रणनीति

प्रकाशित मिति :  13 September, 2024 3:40 pm


तानसेन । आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पु¥याउने रणनीतिक कार्ययोजना बनाउँदै नेपाल चेम्बर अफ कमर्श लुम्बिनीको कार्यशाला शुक्रबार सम्पन्न भएको छ ।

सरकारसँगको सहकार्यमा निजी क्षेत्रलाई सवल र सक्षम बनाएर मात्र समृद्ध नेपालको परिकल्पना साकार पार्न सकिने निष्कर्ष निकाल्दै चेम्बरले आगामी ३ वर्षे कार्ययोजना तय गरेको प्रदेश अध्यक्ष टंक पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार रणनीति कार्ययोजनाअन्तर्गत चेम्बरले अन्तर्राष्ट्रिय चेम्बरहरुसँग सम्बन्ध बिस्तार गर्र्दै लुम्बिनीको समग्र औद्योगीक विकासका लागि नीतिगत पहल गर्न विभिन्न कार्ययोजना तय गरेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा चेम्बरको संख्या १ सय पु¥याउने, साना तथा मध्यम व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धन र व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने, प्रदेशका उत्पादनहरुको बजारीकरणका लागि प्लेटफर्म तयार गर्ने, परम्परागत मेला तथा तथा महोत्सवहरुलाई परिवर्तन गरेर बहुउपयोगी र आकर्षक बनाउने कार्ययोजना बनाएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

कार्ययोजनामा मुलुकमा उत्पादित गुणस्तरीय वस्तुको निर्यातका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुको सहकार्यमा व्यवसायीहरुलाई सहयोग गर्ने, निर्यातका लागि सम्भाबित थप वस्तुहरुको पहिचान गर्नेलगायतका विषय तय गरेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

त्यस्तै समग्र लुम्बिनी प्रदेशको आर्थिक विकासका लागि संरचनागत र नीतिगत सुधारका लागि पैरवी गर्ने, साना तथा मझौला उद्यमको सशक्तीकरण गर्ने, साझेदारी र सहकार्य बिस्तार गर्ने, पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुसँग सहकार्य गर्ने, सीप विकास तालिमहरु सञ्चालन गर्ने कार्ययोजना बनाइएको छ ।

कार्यक्रममा चेम्बर लुम्बिनीका विभिन्न उपसमितिहरु गठन भएका छन् । उपसमितिहरुमा नीति निर्माण, राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्पर्क समन्वय उपसमिति, तालिम तथा क्षमता अभिबृद्धि, संगठन बिस्तार तथा सदस्यता वृद्धि, पर्यटन प्रवद्र्धन, उद्योग, सचिवालय व्यवस्थापन, बित्त व्यवस्थापन, महिला उद्यमशीलता, युवा उद्यमशीलता र अनुगमन उपसमिति रहेका छन् ।

कार्यशालाको समापन अवसरमा बोल्दै प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले पाल्पामा सम्पन्न भएको चेम्बरको कार्यशालाले पाल्पाको पर्यटन प्रबद्र्धनको बाटो देखाउँदै लगानीको वातावरण बनाउन आह्वान गरे । निजी क्षेत्रको सहभागीता विना मुलुकको समृद्धिको परिकल्पना गर्न नसकिने बताउँदै गैरेले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे ।

चेम्बर लुम्बिनीका अध्यक्ष टंक पोखरेलको अध्यक्षतामा भएको कार्यशालाको सहजीकरण सहजकर्ता मुकुन्द ज्ञवालीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !